लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले सर्वोच्च अदालत घेराउ गर्ने

काठमाडौँ, ५ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरुको बेन्च बहिष्कारविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने भएको छ ।

उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आइतबार आज बिहान ११ : ३० बजे माइतीघर मण्डलामा भेला हुँदै अदालत घेराउ गर्ने भएका हुन् ।बार एसोसिएसन र सर्वोच्च अदालतमा भएको बेन्च बहिस्कार तथा बेथितिविरुद्ध माइतीघर मण्डलामा भेला भई सर्वोच्च अदालत घेराउ गर्ने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ ।यता प्रधानन्यायाधीशबाट विकृति, विसङ्गति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागेर महिना दिनदेखि सुरु भएको बार एसोसिएसनको आन्दोलन पनि जारी छ । प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दै कालो पट्टी बाँधी विरोध तथा धर्ना कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति