देउवा, प्रचण्ड र नेपालले विदेशीको चाकरी गर्न देशकै कानुनको निर्लज्ज उल्लंघन गरे : भीम रावल

काठमाडौं, ४ मंसिर । एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आमसञ्चारमा कानुनले रोकेको विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरूलाई टिभी उद्घाटन गर्न दिएर विदेशीको चाकडी गरेको आरोप लगाएका हुन्।

शनिबार ट्वीटरमा लेख्दै रावलले भनेका छन्, ‘प्रम देउवा,प्रचण्ड र माधव नेपालले कानुनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानुनको निर्लज्ज उल्लंघन हो।’उनले ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसिसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्’ भनेका छन्।

पतञ्जली आयुर्वेदका लगानीकर्ता तथा योगगुरू रामदेव, पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णले शुक्रबार काठमाडौंमा आस्था नेपाल र पतञ्जली नेपाल टिभी सञ्चालनमा ल्याएका छन्। दुबै टिभीको उद्घाटन मण्डिखाटारस्थित पतञ्जलीको आश्रममा प्रधानमन्त्री देउवाले गरेका थिए। प्रचलित कानुनविपरीत अनुमतिबेगर नै सञ्चालनमा ल्याइएका विदेशी लगानीका दुई टिभी उद्घाटन गरेको भन्दै देउवाको आलोचना भइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति