विद्युतीय ऊर्जाको प्रयोगबाट देशलाई आत्मनिर्भर बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिइन् ।

पेट्रोलियम पदार्थले मुलुकमा थुपरेको भारलाई कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको उनको भनाइ थियो ।

शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरतको निम्ति, काठमाडौं उपत्यकालाई नमूनायोग्य बनाउन स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने बताइन् ।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इाटाभट्टाहरूमा पनि विद्युतीय ऊर्जा उपयोग गर्न ढिलाई गर्न नहुने उनक सुझाव थियो । सिमेन्ट उद्योगहरूमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने राष्ट्रपति भण्डारीले बताउकी थिइन् ।

त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि राष्ट्रपति भण्डारीको भनाइ थियो । ‘मुलुकमा विद्यमान परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने आवश्यकता छ । हामीले सुनिरहेका छौं हाम्रो देशमा बिस्तारै विद्युत उत्पादन बढिरहेको छ । तर हामीले त्यसको पर्याप्त प्रयोग गर्न सकिरहेका छैनौं । हामीसंग त्यो विद्युतको आन्तरिक खपत बढाउनका लागि पूर्वाधारका समस्याहरू छन् । ती पूर्वाधारहरूलाई हामीले पूरा गर्ने हो भने हामीले जुन चुलिएको व्यापार घाटा छ, त्यो व्यापार घाटालाई कम गर्न सक्छौं, राष्ट्रपति भण्डारीले भनिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति