काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । अहिले बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी छ ।आगामी महाधिवेशनकै विषयमा दुई नेताबीच कुराकानी भइरहेको कोइराला निकट एक नेताले जानकारी दिए । पार्टीको महाधिवेशन नजिकिएका बेला कोइरालाले सक्रियता बढाएका छन् । आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला पनि सभापति पदकै आकांक्षी हुन् ।कोइरालाले शनिबार नै नेता प्रकाशमान सिंहसँग समेत भेट गरेका थिए ।
डा. शशांक कोइराला एक्कासी किन पुगे बालुवाटार ?
प्रतिक्रिया