काँग्रेस महाधिवेशन : रुपन्देहीमा झडप, उम्मेदवारसहित ५ घाईते


काठमाडौँ, ४ मंसिर । नेपाली काँग्रेसको १४ औ माहाधिवेशन अन्तर्गत प्रदेश निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा ५ जना घाइते भएका छन् ।

प्रदेश ३ (क) को मतगणना स्थल सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका केही युवाहरुले आक्रमण गर्दा एकजना उम्मेदवार सहित ५ जना घाईते भएका छन् ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरु मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको बताइएको छ । आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको र गम्भीर घाइते भएका क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्तलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याईएको छ ।

आक्रमण भएपछि मतगणाना स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाण समर्थकहरुले आक्रमण गरेको मतगणना स्थलमा रहेका एक काँग्रेस कार्यकर्ताले आरोप लगाएका छन् । तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको नाम बताउन नचाहने ती कार्यकर्ताले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति