काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग गुरु रामदेव परम्परावादी नभएर क्रान्तिकारी रहेको बताएका छन् ।
पहिले पहिले त रामदेव परम्परावादी र रुढीवादी जस्तो लाग्यो । उनले भने संगत गर्दै जाँदा रामदेव त वैज्ञानिक र क्रान्तिकारी पो लाग्न थाल्यो ।
पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘उनल रामदेवको प्रशंशा गदै्र्र भने –सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला, अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ ।’
पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै खुशी व्यक्त गरे ।
बिहीबार बेलुका खुमलटारस्थित निवासमा रामदेवसँगको भेटमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रान्ति ल्याउन सकिन्छ भनेर छलफल भएको उनले बताए । योग गुरु रामदेव र आचार्य बालकृष्ण विहीबार भारतबाट नेपाल आउने वित्तिकै खुमलटारस्थित निवासमा पुगेर प्रचण्ड दम्पत्तिलाई भेटेका थिए ।
आस्था र पतन्जली टेलिभिजन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन रामदेव र आचार्य बालकृष्ण नेपाल आएका छन् ।
गत एक दशक देखि वर्षमा एक पटक नेपालमा आएर योग शिविर सञ्चालन गर्दै आएको रामदेवले नेपाललाई पनि विशेष महत्व दिन थालेका छन् ।
प्रतिक्रिया