अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, २ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।भेटको क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिएका छन्।

भेटघाट सौहार्दपूर्ण समेत भएको उनले जनाए। भेटमा लुले एमसीसीबारे पनि जिज्ञासा राखेको बताइन्छ । देउवाले एमसीसीलाई दलहरुबीच सहमति जुटाएर पास गर्ने बचन दिएको बालुवाटार स्रोतको दाबी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति