काठमाडौं, २ मंसिर । अमेरिकाले पाकिस्तान र चीनसहितका १० वटा देशलाई ’रेड लिस्ट’ अर्थात् खतराको सूचीमा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले धार्मिक स्वतन्त्रताको उल्लङ्घन गरेको भन्दै कन्ट्रिज अफ पार्टिकुलर कन्सर्न (सीपीसी) को सूची सार्वजनिक गरेको बीबीसीले जनाएको छ । अमेरिकाले पाकिस्तान, चीन, इरान, रुस, साउदी अरब, एरिट्रिया, ताजकिस्तान, तुर्केमेनिस्तान र बर्मालाई खतराको सूचीमा समावेश गरेको छ । तर राष्ट्रपति जो बाइडेन प्रशासनले भारतलाई भने खतराको सूचीमा राखेको छैन । धार्मिक स्वतन्त्रताको आ“कलन गर्ने एक आयोगले भारतलाई पनि खतराको सूचीमा राख्न सिफारिस गरेकोमा बाइडेन प्रशासनले भारतको नाम हटाएको खबरमा उल्लेख छ । आयोगले भारतमा नागरिकता संशोधन विधेयकमा मुस्लिम समुदायका कैयौ“ अधिकार कटौती गरेको, दिल्लीमा भएको हिंसामा हिन्दू समुदायलाई ’क्लिन चिट’ दिएर मुस्लिममाथि अत्याधिक दमन गरेको भन्दै खतराको सूचीमा राख्न सिफारिस गरेको थियो । भारतमा मुसलमान समुदायमाथि व्यापक दमन भइरहे पनि अमेरिकाले उदारता देखाएको भन्दै आलोचना भइरहेको छ । इन्डियन–अमेरिकन मुस्लिम काउन्सिलले भारतमा मुस्लिम समुदायलाई चरम दमन र यातना दिएर मानव अधिकार तथा धार्मिक अधिकारको हनन हु“दा पनि अमेरिकाले खतराको सूचीमा नराखेको भन्दै निन्दा गरेको छ ।
पाकिस्तान र चीनसहितका १० वटा देश अमेरिकाको रातो सूचिमा
प्रतिक्रिया