भारतका केन्द्रीय मन्त्री गडकरी नेपाल आउँदै

काठमाडौं, २ मंसिर । भारतका केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेता नितिन गडकरी यसै महिना नेपाल आउने भएका छन् । पूर्व भाजपा अध्यक्षसमेत रहेका गडकरी अहिले सडक परिवहन तथा राजमार्ग मन्त्री छन् ।

उनी पतञ्जलि योगपीठ नेपालको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् । पतञ्जलि योगपीठ नेपालका प्रमुख शालिग्राम सिंहका अनुसार मन्त्री गडकरी मंसिर २ गते नेपाल आउन लागेका हुन् ।

उक्त अवसरमा योगागुरु रामदेव र आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम छ । मन्त्री गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवा, र विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।मंसिर २ गते पतञ्जलि योगपीठ नेपालद्वारा सञ्चालन हुन लागेको उक्त कार्यक्रममा ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नामक धार्मिक च्यानलको उद्घाटन हुने पनि बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ती टेलिभिजन च्यानलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति