काठमाडौं, २ मंसिर । गत महिना सुडानमा भएको सैन्य कूको विरोधको प्रदर्शनमा सेनाले चलाएको गोली लागी १४ जना मारिएका छन्। सेनाले चलाएको गोली लागेर दर्जनौं मानिस घाइते भएका छन्। उक्त १४ जनाकै मृत्यु राजधानी सहर खार्तोममा भएको हो।
बुधबार प्रदर्शनकारीले राजधानी सहर र आसपासका क्षेत्रमा प्रदर्शन गर्दा सेनाले उनीहरुमाथि अन्धाधुन्ध गोली चलाएपश्चात् उक्त घटना घटेको हो । गत महिना सैन्य कू भएयता अहिलेसम्म सुडानमा प्रदर्शनको क्रममा ३८ जनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते भएका छन्।
यसअघि सुडानको सेनाले फोन सम्पर्कमा रोक लगाएको थियो। सेनाले अन्धाधुन्ध गोली चलाएको घटना अस्वीकार गर्दै अहिले उनीहरुको मृत्युको विषयमा अनुसन्धान भइरहेको बताएको छ भने घाइते भएर अस्पतालमा उपचार गराइरहेका मानिसलाई पनि सेनाले पक्राउ गरेको भनी समाचार संस्थाहरुले बताएका छन् ।
प्रतिक्रिया