चिनियाँ जल रक्षक पानी जहाजले गरेको कार्य गैरकानुनी छ – फिलिपिन्स

काठमाडौं, २ मंसिर । फिलिपिन्सले विवादित दक्षिणी चिनियाँ सागरस्थित आफ्नो एकल आर्थिक क्षेत्रमा चीनका ३ जल रक्षक पानी जहाजले अवरोध गर्दै आपूर्ति गर्ने आफ्ना डुंगामाथि पानीको फोहोरा हानेको बताएको छ ।

नोभेम्बर १६ गते आयुङगिन शोलमा उक्त घटना भएको र घटनापछि आफ्ना डुंगाले नजिकै रहेका सैनिकलाई खाद्यान्न आपूर्ति गर्न नसकेको र फर्किन बाध्य भएको फिलिपिन्सका विदेशमन्त्री थियोडोरो लोक्सिनले बताएका छन् ।उक्त घटनामा कोही पनि घाइते नभएको समेत लोक्सिनको भनाइ छ ।

‘चिनियाँ जल रक्षक पानी जहाजले गरेको कार्य गैरकानुनी छ’, लोक्सिनले विदेशमन्त्रालयद्वारा सामाजिक सञ्जालमा पोष्ट गरिएको विज्ञप्तिमा भनेका छन्, ‘चीनसँग यो क्षेत्र र यस वरपरका स्थानमा कानुनी हक जमाउने कुनै अधिकारी छैन र उनीहरूले यो कुरालाई ख्याल गर्दै पछि हट्नुपर्छ ।’विदेशमन्त्री लोक्सिनले चीनमाथि संयम अपनाउन नसकेको आरोप लगाउँदै चिनियाँ राजदूतसमक्ष घटनाको निन्दा र विरोध गरेका छन् ।चीनसँग निकट सम्बन्ध राख्न चाहेका फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुटेर्टेले दक्षिणी चिनियाँ सागरमा भइरहेका चिनियाँ गतिविधिप्रति कडा अडान नलिएको भन्दै उनको आलोचना भइरहेको छ ।

तर बिहीबार राष्ट्रपतिका कार्यबाहक प्रवक्ता कार्लो नोग्रालेसले एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्रालयको प्रतिक्रियाप्रति समर्थन जनाएका छन् । ‘हामीले आफ्नो भूमिको सार्वभौमिकता, सार्वभौम अधिकार र क्षेत्राधीकारलाई निरन्तर जोड दिने छौं,स नोग्रालेसको विज्ञप्तिमा भनिएको छ।चीनले दक्षिणी चिनियाँ सागरको सम्पूर्ण क्षेत्रमा दाबी गर्दै आएको छ । तर उक्त क्षेत्रमा फिलिपिन्स, मसेलिया, भियतनाम, ब्रुनाई र ताइवानले समेत दाबी गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति