प्रधानन्यायाधीसले दिउँसो १:३० बजे बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीस पनि सहभागी हुने

काठमाडौँ, २ मंसिर ।  प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीसहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीस तेजबहादुर केसीका अनुसार दिउँसो साढे १ बजेका लागि बैठकको समय तय भएको छ ।बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीस जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीस पनि सो बैठकमा सहभागी हुने भएका छन् ।प्रधानन्यायाधीसले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति