प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

आजको मतदानमा ७९ जना उपस्थित भएका थिए ।प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति