बारको धर्ना आज पनि जारी, प्रधानन्यायाधीसले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीस जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ ।

जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वोच्च अदालतकै न्यायाधीसहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीस र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् । कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेको लगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति