म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर रिहा

काठमाडौं, ३०कार्तिक।एजेन्सी । गत मे देखि म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई रिहा गरिएको जुन्ता सरकारले बताएको छ । करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी आफ्नो परिवार भेट्न म्यान्मार छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए ।१ सय ७६ दिन हिरासतमा बिताएका ड्यानीलाई गत हप्ता सेना, गैरकानूनी संघसंस्थामा संलग्न रहेको र अध्यागमन कानूनको उल्लंघन गरेको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको थियो ।जुन्ता सरकारका प्रवक्ता जाव मिन तुनले फेन्स्टरलाई रिहा गरिएको भन्दै उनलाई आफनै देश निर्वासन र त्यसको विवरणपछि सार्वजनिक गरिने बताएका छन् ।गत महिना ५ हजार कैदीबन्दीलाई आममाफी दिँदा पनि ड्यानीलाई छुटाइएको थियो । उनीविरुद्ध थप दुईवटा गम्भीर आरोपमा दायर गरिएको मुद्दाको सुनुवाइ हुन बाँकी थियो ।ड्यानीको अचानक रिहाई बाइडेन प्रशासन द्वारा महिनौ लामो शान्त दबाब र अनुभवी अमेरिकी कूटनीतिज्ञ बिल रिचर्डसन द्वारा म्यानमारको भर्खरको भ्रमण पछि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति