राजेन्द्र महतोले मागे प्रधानन्यायाधीशको राजीनामा


काठमाडौँ, ३० कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेका छन ।मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले भने, ‘न्यायालयको गरिमा बचाउन पनि प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ ।’

जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् ।राजनीतिक दलहरु न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला न्यायालयबारे नेता महतोले मुख खोलेका हुन् । यता पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर जबरालाई महाअभियोग लगाउन माग गरिसकेका छन् भने नेपाल बार एसोसियसनले २३ दिनदेखि इजलास बहिस्कार गर्नेदेखि लगातार आन्दोलन गर्दै आइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति