दुई बर्षमा मोबाइल आयात १३९ प्रतिशतले वृद्धि

काठमाडौँ, ३० कार्तिक । अहिले बैंकिङ क्षेत्र लगानीयोग्य रकमको अभावले तरंगित छ । निक्षेप संकलन कम हुँदा बैंकहरुले ऋण प्रवाहगर्न सकेका छैनन् । विज्ञहरुले तरलता अभाव हुनुको विभिन्न कारणहरु औँल्याइरहेका छन् ।

त्यस मध्ये एक प्रमुख कारण हो आयात ।नेपालमा तरकारी देखि मुलुकमा उत्पादन नहुने वस्तुहरुको आयात भइरहेको छ । त्यसमध्ये नेपालबाट मोबाइल हेन्डसेटमा अर्बौ रुपँैया बाहिरी रहेको छ ।

मुलुकमा कोरोना संक्रमणले लकडाउन भएपछि ‘वर्क फ्रमहोम’ र अनलाइन कक्षा संचालन भएजसले गर्दा मोबाइल आयात उच्च भएको छ । पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्ने हो भने नेपालमा विभिन्न मुलुकबाट १७ अर्ब १७ करोडभन्दा धेरै रुपैँयाको मोबाइल हेन्डसेट आयात भएको छ ।
गतवर्ष २०७७/७८ को तुलनामा यो वर्ष मोबाइल आयात ५४ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष ११ अर्ब १० करोड रुपैँयाभन्दा धेरैको मोबाइल आयातभएको थियो भने आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा ७ अर्ब १९ करोड रुपैँयाको आयात भएको थियो । कोरोना संक्रमण बढेको पछिल्लो दुई वर्षमा यस्तो आयात अझ उच्च भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार मोबाइल हेन्डसेटको आयात १३८.८८ प्रतिशतले वृद्धि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति