काठमाडौं, ३० कात्तिक । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक ९एसएसपी० पदमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ।
सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ ८ जनालाई बढुवा गर्न सिफारिस गरेको हो।
समितिले विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। अन्यमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन्। बढुवा सिफारिस सूची नेपाल प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया