एमाले झन् शक्तिशाली बन्छ : अध्यक्ष ओली

काठमाडौं, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गरेका छन्। एमाले धनकुटाले सोमबार शहीदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दाबी गरेका थिए।मुलुकका हरेक परिवर्तनमा शहीदहरूको बलिदानी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताए।२०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना शहीदको ४३औँ स्मिृति दिवसका अवसरमा एमालेले सभा आयोजना गरेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति