विश्वभर एकैदिन ३ लाख ९३ हजार ३०२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, ३० कार्तिक । विश्वभर ३ लाख ९३ हजार ३०२ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ५२ हजार ८८१, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ३७२, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख २१ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार ८३२ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा ४३ हजार ८९४, बेलायतमा ३२ हजार ६२२, रुसमा २९ हजार ८२१, टर्कीमा २० हजार ५५० र ब्राजिलमा ५ हजार ८७ जना निको भएका हुन् ।

मृत्यु हुनेमा रुसमा सबैभन्दा धेरै एक हजार २१९, अमेरिकामा २९४, टर्कीमा १८९, ब्राजिल र बेलायतमा ६३–६३ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति