शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगतिः शिक्षामन्त्री

काठमाडौँ, २९ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन् ।

फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन् । “शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ”, मन्त्री पौंडेलले भने, “क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।” युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ गएका उनी यही साता स्वदेश फर्कँदै छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति