बेलायतको लिभरपुलस्थित अस्पतालअघि कार विष्फोटमा एकको मृत्यु

बेलायतको लिभरपुल सहरको एक अस्पतालअघि कार विष्फोटमा एकजनाको मृत्यु भएको छ । उक्त विष्फोट अस्पतालमा ल्याइएको एक ट्याक्सीमा गराइएको अन्तराष्ट्रिय समाचारमा उल्लेख गरिएको छ । विष्फोट हुनुभन्दा केही समयअघि मात्र एक यात्रु उक्त ट्याक्सीबाट उत्रेका थिए। भने ट्यासीमै रहेका अर्का एक व्यक्तिको भने घटनास्थलमा नै मृत्यु भएको हो । यद्यपि अहिले पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।

ट्याक्सीका चालक पनि उक्त घटनामा घाइते भएको र अहिले उनको अस्पतालमा उपचार भइरहेको बेलायतको प्रहरीले बताएका छन् । उक्त आक्रमणमा संलग्न रहेका २१, २६ र २९ वर्षीय तीन पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति