राष्ट्र बैंकद्धारा मुद्दती निक्षेप तान्ने बैंकहरुबीचको प्रतिस्पर्धा रोक्न नयाँ व्यवस्था कायम

काठमाडौं, २९ कात्तिक । अब बोलकबोलबाट मुद्दती निक्षेप नवीकरण गर्दा बैंक तथा वित्तीय संस्थाहरुले ०.१ प्रतिशतमात्रै ब्याज बढाउन पाउने भएका छन् ।

आइतबार नेपाल राष्ट्र बैकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफैसँग रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत विन्दूसम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको हो । बैंकहरुले आफूसँग रहेको निक्षेप अर्को बैंकले तान्ने खतरा देखेपश्चात् बोलकवोलमा भएपनि धेरै ब्याजदर बढाएर निक्षेपकर्तालाई आकषिर्त गर्न अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै त्यसलाइृ निरुपण गर्न राष्ट्र बैंकले कडाइ गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति