कोरोना संक्रमितको संख्या २५ करोड ४० लाख नाघ्यो : ५१ लाख १४ हजार ९४२ जनाको मृत्यु

काठमाडौँ, २९ कार्तिक । विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ४० लाख नाघेको छ ।ओर्ल्डोमिटरको पछिल्लो विवरणअुनसार पछिल्लो पटक ३ लाख ४० हजार ३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ करोड ४० लाख ८ हजार २ सय पुगेको छ ।तीमध्ये हालसम्म २२ करोड ९६ लाख ५९ हजार ९९१ जना निको भइसकेका छन् भने ५१ लाख १४ हजार ९४२ जनाको मृत्यु भएको छ ।हाल विश्वभर सकृय संक्रमितको संख्या एक करोड ९२ लाख ३३ हजार २६७ रहेको छ ।पछिल्लो विवरणअनुसार अमेरिकामा १९ हजार ४४३, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ५१७, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जना संक्रमित थपिएका छन् ।यही अवधिमा रुसमा एक हजार २१९, टर्कीमा १८९ र अमेरिकामा ११० जना गरी ४ हजार ३९७ संक्रमितले ज्यान गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति