आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ, २९ कार्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

साथै महाशाखाले प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावाना रहेको जनाएको छ । त्यसैगरी आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले आज विहान जारी विज्ञप्तिमार्फत जानकारी गराएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक  गते (सोमबार) 

दिउँसो:  देशका पहाडी  भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

राती: देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ।  

  
२०७८ कार्तिक ३० गते (मंगलबार) 

दिउँसो:  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ। 

२०७८ मंसिर ०१ गते (बुधबार) 

दिउँसो:  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। 

राती प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ। 

  
आगामी
 २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउनु  हुन  अनुरोध छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति