गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने

कायरो, २८ कार्तिक । लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सेफ अल-इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेश गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ ।

गद्दाफीका छोरालाई २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल-इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति