संशोधन भयो लुम्बिनी विकास बैंकको लाभांश

काठमाडौं, २८ कात्तिक । लुम्बिनी विकास बैंकको लाभांश संशोधन भएको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई लुम्बिनी विकास बैंकले १० प्रतिशत बोनस शेयर र ३.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

बैंक सञ्चालक समितिको निर्णय पश्चात् राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गराएपछि लाभांश वितरण गर्न सकिन्छ ।राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएपछि अब लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यो लाभांश अब साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति