पछिल्लो २४ घण्टामा थप नेपालमा थप ३०६ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ कार्तिक । नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९६०६ जनामा कोरोना परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार ८००८ जनाको पिसिआर र १५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।योसँगै अहिले नेपालमा ७२१५ जना सक्रिय संक्रमित छन्।यस्तै आइतबार ३४८ जनालाई कोरोना संक्रमणबाट निको भएको छ। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।काठमाडौं उपत्यकामा थप ११३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ संक्रमित थपिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति