सर्वोच्च प्रशासनले अदालतबाट हटायो सशस्त्र प्रहरी

काठमाडौं, २८ कार्तिक । कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ ।

शुक्रबार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बोधन गर्न लाग्दा माइक खोस्न खोजेका छन् भने कानुन व्यवसायीहरू चर्को नाराबाजी गरिरहेका छन् ।

उनले निवासबाटै आज (आइतबार)का लागि मुद्दाको पेसी तोकेका छन् ।धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले राजीनामा नदिएसम्म धर्ना दिन नछाड्ने बताए ।उनीहरूले शुक्रवार भएको प्रहरी दमनको चर्को स्वरमा निन्दा गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति