भारतमा एम्बुस विस्फोटमा परेर सेनाका कर्णेलसहित सात जनाको ज्यान गयो

काठमाडौं, २७ कार्तिक । भारतको मणिपुर राज्यमा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित सात जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी, अरु चार जना सैनिक र त्रिपाठीका श्रीमती र एक छोरासहित सात जना रहेका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । घटना चराचनपुर जिल्लामा भएको हो । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । केही सञ्चार माध्यमहरूले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन् । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आक्रमणकारीलाई खोज्ने काम भइरहेको बताउनुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति