सुदूरपश्चिम : थप सात जनामा सङ्क्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १३७ जनाको नमूना परीक्षण गरिएको थियो ।

आरटी पीसीआरबाट ६ र एन्टिजेन विधिमार्फत एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ६ र एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि भएको हो । विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट मुक्त भएका छन् । सो अवधिमा प्रदेशमा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । शुक्रबार प्रदेशमा कोरोनाबाट १८ सङ्क्रमित भएकामा नौ जना निको भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board