हिन्दु र मुस्लिम समुदायबीच तनाव भएपछि जनकपुरको देवपुरा रुपैठामा निषेधाज्ञा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार निषेधाज्ञा जारी गरेको छ ।छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले, ‘सामाजिक सद्भाव खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेकाले निषेधाज्ञा लगाइएको,’ बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बा“ध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ । शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने एक सूचना जारी गर्दै जनाइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्ने चेतावनी दिइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board