शनिबार २ सय ९५ जनामा संक्रमण पुष्टि, ४७८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय ६० जना र एन्टिजेन परीक्षणबाट ३५ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ५ हजार २ सय २५ पीसीआर र ३ हजार १८ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा ४ सय ७८ जना संक्रमित निको भएका छन् ।

त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा २ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय १८ जना छन् । जसमा काठमाडौंमा ७९ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ७ हजार २ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board