आफूहरु फुटेको नभएर एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको हो : झलनाथ खनाल

काठमाडौं । नेकपा एसका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नया“ पार्टी खोल्नु परेको स्पष्ट पारे । पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर गर्दै नया“ पार्टी खोल्नु परेको बताए । दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको भन्दै उनले ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको आरोप लगाए ।

आफूहरु फुटेको नभएर एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको खनालको स्पष्टीकरण थियो । उनले पार्टी क्रमिक रुपमा विकास भइरहेको भन्दै मात्रात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्नेमा जोड दिए । नेपालमा पू“जीवादी जनवादी क्रान्ति पूरा भइसकेको तर्क गर्दै उनले अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्नसक्ने दावी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति