डि मारियाको गोलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

काठमाडौं, २७ कार्तिक । डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले उरूग्वेलाई हराएको छ। शनिबार बिहान फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले घरेलु टोलीमाथि १-० को महत्वपूर्ण जित निकालेको हो।अर्जेन्टिनालाई जिताउन एन्जल डि मारियाले निर्णायक गोल गरे। उनले खेलको सातौ मिनेटमा पाउलो डिबालाको पासमा गोल गरेका थिए। यो जितपछि दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ खेलबाट २८ अंक पुगेको छ। उरूग्वे १६ अंक जोडेर छैठौं स्थानमा छ।फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटबाट चार टिमले प्रवेश पाउनेछन्। जसमध्ये ब्राजिल छनोट भइसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति