माओवादीले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधिको संख्या बढायो


काठमाडौँ, २६ कार्तिक । पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रदेशहरूबाट प्रतिनिधिको संख्या बढाएको छ । हालै जारी पार्टी परिपत्र अनुसार राष्ट्रिय सम्मेलनमा प्रदेशहरूबाट कम्तीमा आठ सय प्रतिनिधिहरू आउने छन् ।‘न्युनत आठ सय प्रतिनिधि प्रदेशबाट ल्याउने नीतिगत निर्णय भएको छ ।

तर, सदस्य संख्याका आधारमा प्रतिनिधि थपिन्छन्’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने । सदस्य संख्याको अनुपातमा प्रदेशहरूबाट प्रतिनिधि थपिनेछन् ।

कति सदस्य संख्या बराबर एक प्रतिनिधि बनाउने भन्ने अझै निर्णय भएको छैन । यसअघि पूर्व परिपत्रमा राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट ६ सय प्रतिनिधि आउने जानकारी गराइएको थियो ।

सोको संशोधन गरी माओवादीको स्थायी कमिटी बैठकले संख्या आठ सय कायम गरेको हो ।सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा कति प्रतिनिधि सहभागी हुन्छन् भन्ने अझै तय भएको छैन । पुस ११ बाट माओवादीले राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादीले झन्डै ३१ लाख पार्टी सदस्य बनाउने महत्वकांक्षी संगठनात्मक योजना बनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति