विश्वभर २४ घण्टामा ४ लाख २४ हजार थपिए : २२ करोड ८२ लाख संक्रमित निको

काठमाडौँ, २६ कार्तिक । विश्वभर कोरोनाबाट निको हुनेको संख्या २२ करोड ८२ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ करोड ८२ लाख ४ हजार ५५० पुगेको हो ।

यही अवधिमा ५ लाख ५३ हजार १३८ जना संक्रमित थपिएका छन् भने ८ हजार ३५० को मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकामा एक हजार ४९३, रुसमा एक हजार २३९, ब्राजिलमा २६४, बेलायतमा २१४ र टर्कीमा २०३ जना रहेका छन् ।

थपिने संक्रमित पनि अमेरिकाका धेरै छन् । त्यहाँ एकैदिन ९४ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बेलायतमा ३९ हजार ३२६, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्राजिलमा १४ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति