कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं, २५ कार्तिक । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार सपथ लिएका छन् ।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश९१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश १ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति