बागमतीमा जम्कट्टेल मन्त्री बन्दै

मकवानपुर, २५ कार्तिक । बाग्मती प्रदेश सरकारमा बिहीबार नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चामा भएका निमा लामाले तत्काल मन्त्रीको नियुक्ति खाने सम्भावना टरेको हो ।

बाग्मतीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्ण खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान नियुक्त गरेका थिए ।चार सदस्यीय सरकार चलाउँदै आएका पाण्डेले २२ कात्तिकमा विश्वासको मत प्राप्त गरेसँगै सरकारले पूर्णता पाउने चर्चा थियो । तर, बिहीबार माओवादी केन्द्र र कांग्रेसबाट एक एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका जम्कट्टेललाई मात्र मन्त्री मुख्यमन्त्री पाण्डेले तयारी गरेको बुझिएको छ । जम्कट्टेलले आर्थिक मामिता तथा योजना मन्त्रालयमा मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति