पाकिस्तानमा रुस, चीन र अमेरिकाको अफगानिस्तानबारे छुट्टै बैठक

अफगानिस्थान, २५ कात्तिक । बिहीबार अमेरिका, चीन र रुसले पाकिस्तानको इस्लामावादमा अफगानिस्तानको पछिल्लो अवस्थाबारे वार्ता गर्ने भएका छन् । अफगानिस्तानबारे यसअघि भारतले दिल्लीमा क्षेत्रीय सुरक्षा बैठक राखेतापनि उक्त बैठकमा पाकिस्तान र चीनका प्रतिनिधिले भने सहभागिता जनाएका थिएनन् । बिहीबार इस्लामावादमा हुने बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसी र राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले गर्नेछन् ।

उक्त बैठकमा अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री आमिर खान मुत्ताकी पनि सहभागी हुनेछन्। मुत्ताकी बैठकको लागि बुधबारै इस्लामावाद आइपुगेका छन् । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि यो पहिलो औपचारिक भ्रमण हो ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले अन्तर्राष्ट्रिय मान्यताको खोजी गरिरहेपनि अन्तर्राष्ट्रिय समुदायले भने तालिबानलाई मान्यता दिने हतारो देखाएका छैनन् । उनीहरुले तालिबान आफ्नो वाचामा अडिग रहनेमा आशंका व्यक्त गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति