विश्वभर पछिल्लो २४ घण्टमा ५ लाख २४ हजार ४२ जना कोरोना संक्रमित थपिए : ३ लाख ९१ हजार कोरोनामुक्त

काठमाडौँ, २५ कार्तिक । विश्वभर पछिल्लो २४ घण्टमा ५ लाख २४ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ७३६, बेलायतमा ३९ हजार ३२९, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्राजिलमा १४ हजार ३५७ जना थपिएका हुन् ।यही अवधिमा ३ लाख ९१ हजार ९२६ जना कोरोनामुत्त भएका छन् ।

अमेरिकामा ८० हजार २७८, रुसमा ३४ हजार ५६५, बेलायतमा ३४ हजार ४९० र ब्राजिलमा १६ हजार ५१९ जना निको भएका छन् ।यस्तै ७ हजार ५५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार २५७, रुसमा एक हजार २३९, भारतमा ब्राजिलमा २६४, बेलायतमा २१४ र टर्कीमा २०३ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति