प्रहरीद्धारा युवतीमाथिक सामूहिक बलात्कारको तीन आरोपी पक्राउ

म्याग्दी , २३ कात्तिक । प्रहरीले म्याग्दीको बेनीबाट बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा तीनजना आरोपी २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई पक्राउ गरेको छ ।

आरोपी एकजनालाई रुपन्देही र बाँकी दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको र आधुनिक विधि र प्रविधि प्रयोग गरी कसैको दबाबबिना अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। एक्लै सुतिरहेको अवस्थामा ती युवाले महिलालाई धम्क्याउँदै जबर्जस्ती पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो।

प्रहरीले उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले घटनाको अनुसन्धानमा असर नगर्नेे बताएका छन् । मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति