हेलम्बुमा पसलेको हत्या गरी भागेका दुईजना पक्राउ


काठमाडौँ, २३ कात्तिक । सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका–१ खर्चुङमा किराना पसल चलाउँदै आएका ७३ वर्षीय केर्सा¨लामाको हत्या आरोपमा प्रहरीले काठमाडौबाट २ जनालाई पक्राउ गरेको छ ।

यही कात्तिक १८ मा केर्सा¨को हत्यापछि आरोपीहरुले नगद लुटेर भागेका थिए । हत्या गरेर फरार भएका दुईजनालाई प्रहरीले काठमाडौँको नागढु¨ा र माकलबारीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले बताए । पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका–१ सिन्दृङघयानका १९ वर्षीय तेन्जिङ लामा‘हेल्मु’ र ३० वर्षका दावादार्जे लामा रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र सिन्धुपाल्चोकबाट खटिएको संयूक्त टोलीले आईतबार उनीहरुलाई पक्राउ गरी सिन्धुपाल्चोक लगेको छ । आरोपीहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिकगर्ने जिल्लाप्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएपी दक्षकुमार बस्नेतले बताए । टाउकोमाहिर्काएर केर्सा¨को हत्या गरी आरोपीहरुले १ लाख ५० हजार नगद, रिचार्ज कार्ड र थाङ्का लगेर भागेको प्रहरीको अनुसन्धानबाट थाहाभएको छ । मृतकको शवपोस्टमार्टमकालागिभक्तपुर अस्पतालमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति