सामूहिक बलात्कारको आरोपमा तीन युवापक्राउ

काठमाडौँ, २३ कात्तिक । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनीनगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

तीमध्ये एक जनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । एक्लै सुतीरहेको अवस्थामा तीयुवाले जबरजस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्लाप्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजीगरिएको थियो ।

उक्त घटना लुकाउन केही आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा कुनै असर नगर्ने प्रहरीको भनाई छ । आधुनिक विधि र प्रविधिको प्रयोग गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँचवर्ष सजाए हुने व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति