सत्ता गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्छ– वरिष्ठ अधिवक्ता भण्डारी

वकाठमाडौं, २३ कार्तिक । वरिष्ठ अधिवक्ता चन्द्र भण्डारी बार एशोसिएनले सत्तारुढ गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने बताए । ‘प्रधानन्यायाधीशलाई राजनीतिक भागवण्डा दिने काम कसले गर्‍यो ? अहिलेको सरकारले, प्रधानमन्त्रीले अहिलेको गठबन्धनले’ उनले भने, ‘यदि अहिलेको गठबन्धनले प्रधानन्यायाधीशलाई स्पेस दिँदैनथ्यो भने प्रधानन्यायाधीशले स्पेस माग्न सक्दैनथे । त्यसैले यसको सबैभन्दा ठूलो दोषी कोही छ भने शेरबहादुर देउवा र अहिलको गठबन्धन हो ।’

नेपाल बार एशोसिएसन र नागरिक समाजले सत्तारुढ गठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यो मामिलामा उत्तरदायी बनाउनुपर्ने उनले बताए ।

बारले आफ्नो आन्दोलनमा सबै नागरिक समाजलाई पनि ल्याउन सक्नुपर्ने वरिष्ठ अधिवक्ता भण्डारीले बताए । ‘न्यायपालिकाको धरोहर नागरिक नै हो । न्यायपालिकामा समस्या आउँदा नागरिकको न्यायमा प्रश्न उठ्छ, त्यसैले सबै नागरिकलाई आन्दोलनमा आउनुपर्छ’ उनले भने ।

वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानन्यायाधीशको राजीनामा मात्र माग्दा आन्दोलन एकांकी हुने भन्दै प्रत्येक न्यायाधीश, भूतपूर्व न्यायाधीश, पूर्वप्रधानन्यायाधीश उनीहरुको आफन्तको समेत सम्पत्ति छानबिन हुनुपर्ने बताए । बारले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि दबाब दिनुपर्ने भण्डारीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति