काठमाडौं, २३ कार्तिक । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले नामिबियालाई नौ विकेटले हराएको छ ।गएराति यूएईको दुबईमा नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले २८ बल अघि मात्रै एक विकेट गुमाएर भेट्टायो ।
भारतका लागि के एल राहुलले नटआउट ५४ र सूर्यकुमार यादवले २५ रन बनाए । रोहित शर्मा ५६ रनमा आउट भए ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
उसका लागि डेविड वाइजले २६ र स्टेफिन ब्राडले २१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिए ।भारत र नामिबिया यसअघि नै सेमिफाइनल नपुगी बाहिरिसकेकाले हिजोको खेल प्रतिष्ठाको लागि मात्रै थियो ।यसैबीच, भारतीय कप्तान विराट कोहली कप्तानीबाट अलग भएका छन् ।
विश्व कप क्रिकेटपछि कप्तानी छाड्ने यसअघि नै घोषणा गरेअनुसार विराटले कप्तानी छाडेका हुन् ।विश्व कप क्रिकेटको सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा पर्सि पाकिस्तान र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आइतवार हुनेछ।
प्रतिक्रिया