बाढीपहिरोबाट हुम्लामा भएको क्षतिको मुख्य मन्त्रीद्वारा निरीक्षण

हुम्ला, २२ कात्तिक । प्रदेश नं ६ का मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा हालैको वर्षाले पुर्‍याएको क्षतिको अवलोकन गरेका छन् । गत असोजदेखि कात्तिकसम्म आएको अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका–६ को एकै घरका ६ जनाको मृत्यु हुनाका साथै चङ्खेली, अदानचुली र ताजाँकोट गाउँपालिकामा आएको बाढीपहिरोले क्षति पुर्‍याएको थियो।

मुख्यमन्त्री जीवनबहादुर शाही कात्तिक पहिलो हप्ताको अविरल वर्षाले हुम्लामा बाढीपहिरोले पुर्‍याएका क्षतिको बारे अनुगमनपछि आफ्नो मन्तब्य राख्दै ।

सिमिकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलाई मुख्यमन्त्री शाहीले विकास निर्माणमा सडक, खानेपानी, स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिन र जनताका सानातिना काम छिटोछरितो गर्नसमेत निर्देशन दिए ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले सम्मानपत्र प्रदान गर्दै ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले १४७ परिवारको बस्ती स्थानान्तरण गर्नुपर्ने जानकारी दिनका साथै ४१ घर उच्च जोखिममा रहेका, १४४ परिवारको ३३२५० क्विन्टल अन्नबाली क्षति भएको र १० वटा पशु चौपायाको मरेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति