भाइटीकाको दक्षिणा अनाथाश्रमलाई

बाजुरा, २२ कात्तिक । समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम, सविता, पूजा, लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् ।

भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साँट्ने चलन हुन्छ तर ती उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथाश्रमलाई सहयोग गरेका हुन् । अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन् ।

आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहिनीको प्राप्त रकम सस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गरेका थिए । रकम थोरै भए पनि आफूहरूको खुसी साहराविहीन बालबालिकालाई बाँड्न खोजेको सविताले जानकारी दिए । मनकारी र सहयोगीले नै बाल आश्रम सञ्चालन गर्न सहज र साहस भएको सस्थाका अध्यक्ष थापाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति