काठमाडौंमा गुडिरहेको भ्यानमा आगलागी

काठमाडौँ,२२ कार्तिक । काठमाडौंको बिजुलीबजारमा गुडिरहेको भ्यानमा आगो लागेको छ। सामेबार बिहान कालिमाटी तरकारी लिन हिँडेको बा १ ज ९१९५ नम्बरको भ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरीको भनाइ छ।

पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यसबारे थप अनुसन्धान हुने जनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति