सरकार छोड्न तयार छौं तर संविधान च्यात्न दिँदैनौं : अध्यक्ष ओली


काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताएका छन्।

एमालेको कर्णाली काठमाडौं सम्पर्क कमिटीले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिलेको व्यवस्था र संविधान च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे। उनले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गरेका थिए।

एमालेको कारण संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गरेका थिए। हामी बरू सरकार छोड्न तयार छौं तर संविधान च्यात्न दिँदैनौं। लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौं। हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौं,ु उनले भने। कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई एमालेमा स्वागत गरेका थिए। कार्यक्रममा उनले अबको निर्वाचनमा कर्णालीमा कुनै भ्रम छर्ने र दलाली गर्नेहरूले नभई चेतनायुक्त पार्टी एमालेले जित्नुपर्ने बताएका थिए। पार्टी प्रवेश गराउनकै लागि आफू फेरि झापा र धनकुटा जाने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति